१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच अर्बभन्दा बढी राजस्व संकलन



अ+ अ-

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन  भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

सो अवधिका  लागि  विभागले रु ६५ अर्ब ११ करोड ४१ लाख रुपैया राजस्व सङ्कलनको लक्ष्य दिएकामा कार्यालयले रु ७० अर्ब १२ करोड १४ लाख राजस्व सङ्कलन गरेको थियो  ।

कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व सङ्कलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट सङ्कलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट सङ्कलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल सङ्कलन गर्न रु २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएका रु २४ अर्ब ४१ करोड ८४ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ ।  यसैगरी मूल्य अभिवृद्धि कर रु २० अर्ब ८१ करोड २८ लाख सङ्कलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ । (रासस)