८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य शिविरबाट २७६ जना लाभान्वित



अ+ अ-

पोखरा, २८ मंसिर । सहारा क्लब पोखराको आयोजनामा पोखरा–१७ दोबिल्लामा आज भएको स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा २७६ जना लाभान्वित भएका छन् ।
पद्म नर्सिङ होम र फिस्टेल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १२४ जना पुरुष र १५२ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको कार्यक्रमका संयोजक केशव बरालले जानकारी दिए ।
शिविरमा निर्मल पोखरी, भरतपोखरी, कृस्ती, भोटेपोखरी, दोबिल्ला, प्रगतिटोल, महत गौडा र तनहुँका केही गाविसका जनता स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका थिए ।
शिविरमा हाडजोर्नी, नशा, पेट, छाती तथा मुटु, आँखा, कान, घाँटी, छाला, स्त्रीरोग, बालरोगको जाँच गरिएको थियो ।
शिविरमा ती दुवै स्वास्थ्य संस्थाका चिकित्सकसहितको ३३ जनाको स्वयंसेवी टोली संलग्न रहेका थिए ।