• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

अवैध सामानसहित भारतीय नागरिक पक्राउ



भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् ।

बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।
गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले छापा मार्दा किराना पसलका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक, कस्मेटिक, सुर्तीजन्य वस्तु, विभिन्न प्रकारका तेल, कपुर, ऐना, चकलेटलगायतका सामान भेटिएको पनि प्रहरी निरीक्षक पन्तले जानकारी गराए।
घरमा प्रहरीले छापा मारी करिब रु पाँच लाख बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । अवैधरुपमा धन्दा चलाउनेले साइकलमा सीमापारीबाट सामान ल्याउने र नक्कली बिल बनाएर पहाडी जिल्लामा पठाउने गरेको प्रहरीले जनाएको छ ।
केही समययता पिछा गरेको प्रहरीले आज साइकलमा सामान ल्याउँदै गरेका उनीहरुलाई बुटवलको योगिकुटीबाट पिछा गरेर दिउँसो मात्र पक्राउ गर्न सफल भएको हो ।
खुला सिमानाको फाइदा उठाई भारतको विहारस्थित छपरा घर बताउने उनीहरुले दश वर्षयता बुटवलबाट यो धन्दा सञ्चालन गरेको स्वीकार गरेका छन् । रासस