९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीले उठाएका माग पूरा गर्ने सर्तमा निर्वाचनका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।

जेलबाट रिहा भएपछि आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले निर्वाचनमा जानुको विकल्प नभएको भन्दै सुशासन, जेनजीका मागको सम्बोधन र निष्पक्ष निर्वाचनका लागि रास्वपा सरकारसँग उभिने बताए।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै चुनावी वातावरण बिगार्नु आवश्यक नरहेको टिप्पणी गरे। “मुन्टो निकाल्नु पर्दैन। चुनावको वातावरण बिगार्नु पर्दैन। पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो,” उनले भने।

सभापति लामिछानेले केही ‘भागेका शक्तिहरू’ निर्वाचन बिथोल्न सक्रिय भएको आरोपसमेत लगाए। उनीहरूले आफ्नै मान्छे प्रयोग गरेर सानातिना घटना घटाउने र निर्वाचनको वातावरण बिग्रिएको देखाउने प्रयास गरिरहेको उनको दाबी थियो।

“भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन्। सानातिना घटना घटाउन पनि उनीहरू पछि पर्दैनन्,” उनले भने, “आफ्नै मान्छे खटाएर घटना गराउने अनि निर्वाचन वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्दै छन्।”