• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ ★   ‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’ ★   एकैदिन एक हजार ४०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   किन बढ्दैछ बन डढेलो ? आगलागी भएमा कसलाई खबर गर्ने ?

अवैध सामानसहित भारतीय नागरिक पक्राउ



भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् ।

बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।
गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले छापा मार्दा किराना पसलका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक, कस्मेटिक, सुर्तीजन्य वस्तु, विभिन्न प्रकारका तेल, कपुर, ऐना, चकलेटलगायतका सामान भेटिएको पनि प्रहरी निरीक्षक पन्तले जानकारी गराए।
घरमा प्रहरीले छापा मारी करिब रु पाँच लाख बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । अवैधरुपमा धन्दा चलाउनेले साइकलमा सीमापारीबाट सामान ल्याउने र नक्कली बिल बनाएर पहाडी जिल्लामा पठाउने गरेको प्रहरीले जनाएको छ ।
केही समययता पिछा गरेको प्रहरीले आज साइकलमा सामान ल्याउँदै गरेका उनीहरुलाई बुटवलको योगिकुटीबाट पिछा गरेर दिउँसो मात्र पक्राउ गर्न सफल भएको हो ।
खुला सिमानाको फाइदा उठाई भारतको विहारस्थित छपरा घर बताउने उनीहरुले दश वर्षयता बुटवलबाट यो धन्दा सञ्चालन गरेको स्वीकार गरेका छन् । रासस