३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

शिक्षाको खाडलमा पुरिएको विद्यार्थीको भविष्य

शिक्षाको खाडलमा पुरिएको विद्यार्थीको भविष्य
अ+ अ-

 -आशिष नेपाल-

हरेक वर्ष हाम्रो देशमा दशै भन्दा पनि ठूलो चांड आउँछ जसमा सहभागी हुुन्छन् विधार्थी, शिक्षक, अभिभावक, साथीभाइ, शिक्षा प्रणाली र देशको भविष्य । त्यो चाड हो एस.एल.सी चालु वर्षको अन्तिम महिना चैत्र देखि सुरु भएर नयाँवर्षको दोस्रो वा तेस्रो महिनाको दोस्रो साता सम्ममा पुगेर टुङगीन्छ एस.एल.सी. चाड । अनि फैसला हुन्छ कयौं विद्यार्थीको भविष्यको । जसमा अधिकांशको असफलता र अन्धकार भविष्यको घोषणा गरिन्छ । हरेक वर्ष देशले यो बिडम्वना भोग्दै आएको छ । ५ वर्षको बालक अवस्थादेखि नै हरेक अभिभावकले आउने ५ वर्षको लागि आफ्ना नानीहरुलाई युद्धमा भिड्ने सिपाई जस्तो तयार गर्छन् । यस्तै प्रयास छ निजी विद्यालयहरुको पनि तर सरकारी विद्यालयमा यो प्रयास अलि कम देखिन्छ ।
निजी विद्यालयहरुले शिक्षा वजारमा आफ्नो साख वचाई राख्न तीनका विद्यार्थीहरुले प्रतिस्पर्धामा बाजी मारे मात्र त्यो सम्भव हुने भएकाले उनीहरुलाई एस.एल.सी.मा खरो उतार्न कडा भन्दा कडा परिश्रम गराउने होडवाजी छ । उनीहरुको उमेर भन्दा बढीको भार थपि दिन्छन्, केवल आफ्नो विद्यालयको नाम विकाउनका लागि मात्र । आश्चर्यको कुरो त के छ भने जहाँ नीजी विद्यालय ज्यान फालेर शिक्षा व्यापारको प्रतिस्पर्धामा भिडेको छ त्यहीं निर सरकारी विद्यालय किन सुस्ताएको छ ? बुझ्न नसकिएको कुरो के छ भने सरकारी विद्यालय यसरी पछि पर्नुका कारण शिक्षक र व्यवस्थापन अयोग्य भएर हो वा त्यहांबाट हुन नसक्ने व्यापारीक लाभका कारणले ?
विद्यार्थीहरु १० वर्षको मेहनत र लामो पर्खाई पछि एस.एल.सी. को नतिजा सम्म आई पुग्छन । समयको यो विन्दु उनीहरुको लागि भविष्यको निर्णायक समय हुन्छ । जहाँ ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरु निजि विद्यालयबाट उत्तीर्ण भएका हुन्छन् भने त्यहि प्रतिस्पर्धामा सरकारी विद्यालयका ४० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन पनि धौधौ परिरहेको हुन्छ । समग्रमा एस.एल.सी. को राष्ट्रिय नतिजा जहिले पनि ५० प्रतिशत भन्दा मुनिनै हुन्छ । अर्थात् प्रतिस्पर्धामा भिड्नेहरु मध्ये आधा भन्दा बढी असफल सावित हुन्छन् ।
खैर, असफलहरुलाई एकछिन विर्सिएर सफलहरुकै कुरा गर्ने हो भने पनि एस.एल.सी.पछिको अर्को दुर्भाग्य विद्यार्थीहरुले भोगीरहेका हुन्छन् । नाम चलेका ठूला ठूला कलेजमा केवल त्यी विद्यार्थीलाई मात्र भर्ना लिइन्छ जुन विद्यार्थीले एस.एल.सी.मा ६० प्रतिशत देखि लिएर ९० प्रतिशत सम्म अंक हासिल गरेका हुन्छन् । त्यस्ता कलेजहरु जुन ८० देखि ९० प्रतिशत ल्याउने विद्यार्थी मात्र भर्ना लिन्छन्, अनि उनीहरु नै भन्छन् कि हाम्रो कलेजले त यो वर्ष शत प्रतिशत विद्यार्थी १०० प्रतिशत अंकले उत्र्तीण गराउन सफल भयो ।
…अनि मलाई लाज लाग्छ जब यस्ता शब्दहरुको प्रयोग हुन्छ । ती विद्यार्थीहरु जो ६० प्रतिशत भन्दा कम अंक लिएर पास भएका छन् या सरकारी विद्यालयबाट आएका छन् तिनीहरुको के दोष छ ? के तिनीहरुलाई राम्रो कलेजमा पढ्न पाउँने अधिकार छैन् ? त्यस्ता महँगा कलेजहरुको फिस तिर्दैमा अभिभावकहरुको जीवन भरीको पसिना सकिन्छ । एकातिर अभिभावकको क्षमताले नभ्याउने, अर्कोतिर न राज्यले नै शिक्षामा सहुलियत दिने, न त कुनै कामको ग्यारेन्टी नै । अनि ती मजबुर विद्यार्थीहरु कोही राम्रो शिक्षाको खोजिमा वेलायत, अमेरिका त कोही कामको खोजिमा खाडी मुलुक जान बाध्य छन् ।
आखिर शिक्षा क्षेत्रमा राज्यको यत्रो लगानी हुदाँ हुदै किन हाम्रो देशको शिक्षा गुणस्तरीय हुन सकेको छैन ? किन सरकारी स्वामित्वका विद्यालय, क्याम्पस र विश्वविद्यालयहरु गुणस्तरहीन र नालायक बनिरहेका छन् ? किन हरेक वर्षको एस.एल.सी. परीक्षाले बढी संख्यामा असफलहरु उत्पादन गर्छ ? हाम्रो देशको शिक्षा प्रणालीमा यो एउटा ठूलो चुनौतिपूर्ण प्रश्न तेर्सिएको छ ?

ashishnepal321@gmail.com

Source : harekpal.com