२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरेको छैन: अध्यक्ष ओली



अ+ अ-

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने वा नउठ्ने भन्नेबारेमा अहिलेसम्म आफूले कुनै निर्णय नगरेको बताउनुभएको छ । पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरुसँगको अन्तरक्रियामा उहाँले अहिलेसम्म आफूले अध्यक्ष पदमा उठ्नेबारे कुनै निर्णय नगरेकाले अध्यक्ष पदका लागि पार्टी उपाध्यक्ष डा भीम रावलले आफूलाई चुनौती दिएको भन्न नमिल्ने बताउनुभयो । 

पार्टी उपाध्यक्ष डा रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । ‘रावलले मलाई चुनौती दिनुभएको छैन किनभने मैले अध्यक्ष पदमा उठ्ने वा नउठ्ने भनेर निर्णय गरिसकेको छैन’, उहाँले भन्नुभयो, ‘उहाँको भनाइले मलाई आदर, सद्भाव, स्नेह र सम्मान गर्नुभएको छ भन्ने लागेको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित भएको छु ।’

नेकपा एमाले लोकतान्त्रिक पार्टी हो भन्दै उहाँले कुनै पनि पदमा नउठ्नका लागि कुनै पनि किसिमको जोरजुलुम वा दबाव दिने काम नहुने स्पष्ट गर्नुभयो । ‘मैले उठ्ने टुङ्गो गरिसकेको छैन, यदि मैले उठ्ने निर्णय गरेँ भने कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ, यसले दबाव पर्न सक्छ, मेरो त्यस्तो मनसाय छैन तर मलाई कसैले चुनौती दिन्छ भने म त्यसलाई स्वागत गर्छु ।’ लोकतन्त्रमा चुनौती स्वाभाविक हुने उहाँको भनाइ थियो ।