१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ, ४ भदौ । दक्षिण अफ्रिकामा रोजगारीका लागि पठाउने भनी ४६ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । 

विभिन्न नक्कली कागजजात बनाई रोजगारी लगाइदिन्छु भनी कालिमाटीस्थित एक्प्रेस इन्ट्री एजुकेशन वल्र्डका सञ्चालक साधना बस्नेत र राजकुमार रञ्जीत पक्राउ परेका हुन् ।

प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले ११ जना व्यक्तिलाई ठगेका आधारमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेपछि अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले भदौ १ गते २३ कन्सलटेन्सीमा छापा मारी सञ्चालकलाई नियन्त्रणमा राखी अनुसन्धान बढाएको छ । प्रहरीले कन्सलटेन्सीको नाममा ठगी गर्ने १२ जनालाई आवश्यक कारबाहीसमेत गरेको महाशाखाले जनाएको छ ।

यीमध्ये अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा एक जना, सिंहदरबार वृत्तमा दुई जना र कालीमाटी वृत्तमा नौ जनालाई पठाएकोे छ ।

पक्राउ पर्ने कन्सल्टेन्सीमा एक्प्रेस इन्ट्री एजुकेशन वल्र्ड कालिमाटी, गुडवेल धोबीधारा, ओसिस जापानीज ल्याङ्गोइज कालिमाटी, ब्लू स्काई थापाथली, ग्लोबेड कलङ्की, वल्र्ड वाइड थापाथली, सिन्जिसु एजुकेशन कलङ्की, एलिस इन्टरनेसनल कलङ्की, स्काइलर एजुकेशन कालिमाटी र पिआइटी एजुकेशन कालिमाटी रहेका छन् । रासस