• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठकमा आज पनि जुटेन सहमति ★   टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो ★   नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ: प्रधानमन्त्री ★   संसद् भवनमा विपक्षी दलको बैठक सुरु ★   इजिप्ट र अमेरिकाले बढाए विमानस्थलमा सुरक्षा ★   विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब ★   नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक: डा भट्टराई ★   एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी ★   बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरेको छैन: अध्यक्ष ओली



चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने वा नउठ्ने भन्नेबारेमा अहिलेसम्म आफूले कुनै निर्णय नगरेको बताउनुभएको छ । पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरुसँगको अन्तरक्रियामा उहाँले अहिलेसम्म आफूले अध्यक्ष पदमा उठ्नेबारे कुनै निर्णय नगरेकाले अध्यक्ष पदका लागि पार्टी उपाध्यक्ष डा भीम रावलले आफूलाई चुनौती दिएको भन्न नमिल्ने बताउनुभयो । 

पार्टी उपाध्यक्ष डा रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । ‘रावलले मलाई चुनौती दिनुभएको छैन किनभने मैले अध्यक्ष पदमा उठ्ने वा नउठ्ने भनेर निर्णय गरिसकेको छैन’, उहाँले भन्नुभयो, ‘उहाँको भनाइले मलाई आदर, सद्भाव, स्नेह र सम्मान गर्नुभएको छ भन्ने लागेको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित भएको छु ।’

नेकपा एमाले लोकतान्त्रिक पार्टी हो भन्दै उहाँले कुनै पनि पदमा नउठ्नका लागि कुनै पनि किसिमको जोरजुलुम वा दबाव दिने काम नहुने स्पष्ट गर्नुभयो । ‘मैले उठ्ने टुङ्गो गरिसकेको छैन, यदि मैले उठ्ने निर्णय गरेँ भने कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ, यसले दबाव पर्न सक्छ, मेरो त्यस्तो मनसाय छैन तर मलाई कसैले चुनौती दिन्छ भने म त्यसलाई स्वागत गर्छु ।’ लोकतन्त्रमा चुनौती स्वाभाविक हुने उहाँको भनाइ थियो ।