२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न ५५ हजार हस्ताक्षर



अ+ अ-

काठमाडौं, भदौ ५  । जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउन पचपन्न हजार हस्ताक्षर सङ्कलन गरिएको छ ।

मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो ।
अभियानका तर्फबाट राजकुमार महतोले हस्ताक्षरित कागजात विभागका महानिर्देशक भेषनारायण दाहाललाई शुक्रबार हस्तान्तरण गर्नुभएको थियो ।
विभागले युनेस्कोको विश्व सम्पदा सूची केन्द्रको कार्यविधिअनुरुप जानकी मन्दिरलाई विश्वसम्पदास्थलका रुपमा सूचीकृत गराउन मनोनयन कागज तयार पारी युनेस्कोको विश्व सम्पदा सूची केन्द्रमा पेस गर्न गृहकार्य गर्ने विभागका महानिर्देशक दाहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अठारौं शताब्दीमा संस्कृति, वास्तुकला, इतिहास र अध्यात्मको अदितीय सङ्गमका रुपमा जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सूचीकृत गराउन गत वर्ष असोज १५ गतेदेखि जानकी मन्दिर परिसरबाट भोर, अभियानी तथा अनुसन्धानमूलक परोपकारी संस्थाको नेतृत्वमा हस्ताक्षर अभियान सुरुवात भएको थियो ।




भर्खरै