• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   इलाम र बझाङमा आज उपनिर्वाचनः ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी…

संविधान कसैले रोक्न सक्दैन : ओली



काठमाडौं, भदौ ५ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान जारी गर्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

तेह्रथुम सरोकार समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपीले मस्यौदा परिमार्जन गर्दै विधेयक तयार भइसकेकाले अब चाँडै संविधान जारी हुने दाबी गरे ।

उनले भने–‘यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटेर यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटिएको परिमार्जित रुप हो । अब कसैले कुनै तरिकाले पनि संविधान रोक्न सक्दैन ।’ संविधान जारी गर्न नदिन धेरै प्रकारका खेल भइरहेकाले सर्तक रहन पनि ओलीको आग्रह थियो ।

सोही कार्यक्रममा कांग्रेस महामन्त्रीसमेत रहेका संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले अझैं पनि जनताका राय समेट्ने सम्भावना रहेको बताए ।

‘अझैं तीन दिन सुझाव समेट्ने अवसर छ । संविधानमा सुझाव दिएर परिमार्जन गर्न सकिन्छ’–सिटौलाले भने, ‘सुझाव दिँदा प्रदेशमा मात्र नहेर्नुस् । राम्रो संविधान बनाउने सुझाव दिनुस् ।’

सो अवसरमा तेह्रथुम जिल्लामा जन्मेर नेपाली राजनीतिको उच्च ओहोदामा पुगेको भन्दै तेह्रथुम सरोकार समाज नेपालले एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्ण सिटौला र माले महासचिव सीपी मैनालीलाई अभिनन्दन गरेको थियो ।