१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा ‘वन डढेलो तथा आगलागीः हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफलमा गृहमन्त्री लामिछानेले आगलागी नियन्त्रणका लागि राज्यले गर्नुपर्ने काम नागरिकस्तरबाट भइरहेको भन्दै त्यसको प्रशंसा समेत गरे ।

छलफलमा गृहमन्त्री लामिछानेले व्यक्त गरेको अभिव्यक्तिको सम्पादित अंशः विपद्को सूचना र सम्भावित विपद्को जानकारी दुबै सरकारसँग पर्याप्त हुनुपर्छ । फेरि सूचना हुनुमात्र पनि महत्वपूर्ण होइन । प्राप्त सूचनाका आधारमा हामीले के गर्न सक्यौँ र के तयारी गरिरहेका छौँ त्यो महत्वपूर्ण हो । गतवर्षको तुलनामा अहिलेको अवस्था के छ ? गतवर्ष के गर्न सकियो, के गर्न सकिएन ? गतवर्ष भएका कमजोरी के हुन् ? यसवर्ष त्यसलाई सच्याउन क तयारी भइरहेको छ ? महत्वपूर्ण कुरा त्यो हो ।

विपद्पछि उद्दार र राहतमा धेरै अलमल हुनेगरेको छ । अब पनि त्यो दोहोरिनु हुँदैन । सम्भावित विपद्को अनुमान र आवश्यक सामग्रीहरुको चुस्त व्यवस्थापन भइरहनुपर्छ । त्यसका लागि जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम छ कि छैन ? छैन भने समयमै गृह मन्त्रालयमा जानकारी गराउनु ।

आगलागी होस् या अन्य विपद्, प्रभावितहरुलाई राहतको काममा कुनै ढिलाइ हुनु हुँदैन । ठुलो विपत्ती आइपर्दा हुने समस्या स्वभाविक हो । तर दुई चार सय नागरिक एकैपटक विपद्मा पर्दा खाना समेत खुवाउन नसक्ने अवस्थामा हामी छैनौँ । बेघर भएका नागरिक भोकभोकै हुने अवस्था अनाओस् ।

आगलागी र बन डढेलोका सन्दर्भमा हामीले सम्प्रेषण गरेका सचेतना सामग्री प्रभावकारी भएका छन् कि छैनन् ? यसमा सोचौँ । मलाई लाग्छ विभिन्न माध्यमबाट प्रशारण भइरहने नियमित सामग्रीहरु प्रभावबिहिन भइरहेका छन् । जनचेतनाका लागि रकम खर्च गरौँ तर त्यसको प्रभावकारिता पनि जाँच गरौँ ।

१० वर्षमा बस्तीमा लाग्ने डढेलो पाँच गुणाले बढेको छ । यो सचेतना र पर्याप्त श्रोत साधन नहुँदाको परिणाम हो । सचेतनाका लागि स्थानीयस्तरका अगुवाहरुसँग निरन्तर सम्वाद गर्नुस् । नियन्त्रणका लागि श्रोतसाधन पर्याप्त बनाउने विषयमा मन्त्रालय गम्भिर छ । यसका लागि पालिकाहरुमा ससामा अग्नि नियन्त्रण गर्ने उपकरण र जनशक्ति वयवस्थापनका लागि प्रदेश सरकारहरुसँग पनि आवश्यक समन्वय गर्न सकिन्छ ।

सरकारले २२ तलासम्म भवन निर्माणको अनुमती दिएको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि ९ तला भन्दा माथी पुग्न सक्ने उपकरण देशभरमै छैन । दशौँ तलामा आगलागी हुँदा के गर्ने भन्ने जवाफ को सँग छ ? हामी यसको जवाफ दिन सक्ने हुनुपर्छ ।

विगतमा आगलागी नियन्त्रणका लागि हेलिकप्टर प्रयोग भएको अभ्यास नेपालमै छ । त्यसैले आगामी दिनमा पनि हेलिकप्टरहरु प्रयोग गर्न सकिने अवस्था हो होइन ? छलफल गर्नु । मिल्ने अवस्था हो र त्यो सहज छ भने हेलिकप्टर प्रयोगका लागि प्राधिकरणले सम्झौताको प्रस्ताव गर्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण हो विपद्बाट हुने क्षती । त्यसैले सबै निकायले विमालाई अनिवार्य गर्दै लैजानुपर्यो ।