• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार ★   कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ ★   कतारी राजाको भ्रमणः राष्ट्रपतिबाट विमानस्थलमा स्वागत, सोल्टीमा राजकीय भोज ★   इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान ★   लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ ★   आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै ★   ट्रकमा आगलागी

संविधान कसैले रोक्न सक्दैन : ओली



काठमाडौं, भदौ ५ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान जारी गर्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

तेह्रथुम सरोकार समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपीले मस्यौदा परिमार्जन गर्दै विधेयक तयार भइसकेकाले अब चाँडै संविधान जारी हुने दाबी गरे ।

उनले भने–‘यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटेर यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटिएको परिमार्जित रुप हो । अब कसैले कुनै तरिकाले पनि संविधान रोक्न सक्दैन ।’ संविधान जारी गर्न नदिन धेरै प्रकारका खेल भइरहेकाले सर्तक रहन पनि ओलीको आग्रह थियो ।

सोही कार्यक्रममा कांग्रेस महामन्त्रीसमेत रहेका संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले अझैं पनि जनताका राय समेट्ने सम्भावना रहेको बताए ।

‘अझैं तीन दिन सुझाव समेट्ने अवसर छ । संविधानमा सुझाव दिएर परिमार्जन गर्न सकिन्छ’–सिटौलाले भने, ‘सुझाव दिँदा प्रदेशमा मात्र नहेर्नुस् । राम्रो संविधान बनाउने सुझाव दिनुस् ।’

सो अवसरमा तेह्रथुम जिल्लामा जन्मेर नेपाली राजनीतिको उच्च ओहोदामा पुगेको भन्दै तेह्रथुम सरोकार समाज नेपालले एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्ण सिटौला र माले महासचिव सीपी मैनालीलाई अभिनन्दन गरेको थियो ।