• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त ★   डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त

संविधान कसैले रोक्न सक्दैन : ओली



काठमाडौं, भदौ ५ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान जारी गर्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

तेह्रथुम सरोकार समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपीले मस्यौदा परिमार्जन गर्दै विधेयक तयार भइसकेकाले अब चाँडै संविधान जारी हुने दाबी गरे ।

उनले भने–‘यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटेर यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटिएको परिमार्जित रुप हो । अब कसैले कुनै तरिकाले पनि संविधान रोक्न सक्दैन ।’ संविधान जारी गर्न नदिन धेरै प्रकारका खेल भइरहेकाले सर्तक रहन पनि ओलीको आग्रह थियो ।

सोही कार्यक्रममा कांग्रेस महामन्त्रीसमेत रहेका संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले अझैं पनि जनताका राय समेट्ने सम्भावना रहेको बताए ।

‘अझैं तीन दिन सुझाव समेट्ने अवसर छ । संविधानमा सुझाव दिएर परिमार्जन गर्न सकिन्छ’–सिटौलाले भने, ‘सुझाव दिँदा प्रदेशमा मात्र नहेर्नुस् । राम्रो संविधान बनाउने सुझाव दिनुस् ।’

सो अवसरमा तेह्रथुम जिल्लामा जन्मेर नेपाली राजनीतिको उच्च ओहोदामा पुगेको भन्दै तेह्रथुम सरोकार समाज नेपालले एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्ण सिटौला र माले महासचिव सीपी मैनालीलाई अभिनन्दन गरेको थियो ।