१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने !

किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने !
अ अ+ अ-

बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ।

महिनौको मिहेनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले निकै चिन्तित हुनुहुन्छ ।“महिनौ मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन । आगोले क्षणभरमै सबै खरानी बनायो,” मगर भन्नुहुन्छ, “घरभित्रको अन्नपात पनि सकियो, भित्र््याउनै आँटेकोगहुँबालीपनि खरानी भएपछि अब के खानुर कसरी बाँच्नु!”

मगर परिवारले १२ कठ्ठा जमिनमा गहुँबाली उब्जाएको थियो । त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो । विगतका वर्षहरूभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवारले तुलनात्मकरूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो ।उहाँ भन्नुहुन्छ,“यो वर्ष तीन/चार पटक सिँचाइ गर्‍यौँ । उन्नत जातको बीउ र पर्याप्त मलखादको प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँमात्रै होइन हाम्रो आशा पनि खरानी बनाइदियो ।”

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो । यतिबेला कुमाललाई सात जनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैँसीलाई वर्षभरी कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।
“गहुँ काटेर मुठा बाँधिसकेका थियौँ । आगोले पूरै जलेर राख भयो । अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन,” उहाँ भन्नुहुन्छ, “घरभित्रको अन्न पहिल्यै खाएर सकिसक्यो । अब खानलाई अन्न छैन, कसरी गुजारा गर्ने होला१” कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहीँबाट आएको पैसाले घरखर्च चलाउने गरेको थियो ।

“विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरीलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो । यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन”, उहाँले दु:खेसो पोख्नुभयो । गत बिहीबार रुखको हागा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीयबासीको भनाइ छ । आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो ।

पसिना चुहाउँदै महिनौ मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ सङ्कलन गरिरहेका छन् ।तीन विघा जमिनको गहुँबाली जलेरपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर हुन्छ,“बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौँ । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकामा यो पटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ ।”

आगलागीबाट जोगिएको एक विघा जमिनबाट मात्रै यो वर्ष३० क्विन्टल गहुँ उत्पादन भएको उहाँको भनाइ छ । लालबहादुरले बाख्रा, भैँसी र बङ्गुरपालन पनि गर्नुभएको छ । तीन विघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैँसी र बङ्गुर पालनमा पनि धक्का लागेको उहाँको गुनासो छ ।

“गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन । चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो । दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो”, लालबहादुरको बुझाइ छ ।

बाली भित्र््याउने समयमा परेको विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन् । पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन् । दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्कालरु पाँच हजार वितरण गरेको छ । रासस