• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल ★   यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी ★   महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग ★   थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त ★   पहिलो जितको खोजीमा आयोजक कतार, अमेरिकालाई इरानको चुनौति ★   सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार ★   बाराही हाइड्रोपावरको आइपिओ आउँदै ★   सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली ★   स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको सम्झौता ★   मेसीलाई धम्की दिने बक्सरलाई माइक टाइसनको चेतावनीः फेरि बक्सिङ रिङमा फर्किन नपरोस्

राजधानीबाट १८ जना बन्दकर्ता पक्राउ, बन्दको प्रभाव सामान्य



फाइल फोटो

काठमाडौँ, भदौ ६ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासंघका १८ कार्यकर्ता आइतबार बिहान पक्राउ परेका छन् ।

बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक र ताल्सिखेल ललितपुरबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमांकन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको हो ।

बन्दको सामान्य प्रभाव

विभिन्न राजनीतिक दलले संयुक्त रुपमा आइतबार आयोजना गरेको नेपाल बन्दका कारण काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सवारी साधन सडकमा कम गुडेका छन् भने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सञ्चालनमा छन् ।

उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन सञ्चालन हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ ।