• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

तीन घुम्तीकी इन्द्रमाया अर्थात् गरिमा



शंकरप्रसाद खनाल

जननायक वीपी कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’ मा आधारित फिल्म ‘तीन घुम्ती’ बनेको छ । कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्र तीन घुम्तीलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । तीन घुम्ती कोइराला सुन्दरीजल जेलमा रहँदा रचना गरिएको थियो । त्यसैले फिल्मको शुरुवात र अन्त्यमा सुन्दरीजलकै परिवेशहरु देखाइएको छ ।

फिल्ममा नेवार समुदायकी इन्द्रमायालाई बहिनीलाई ट्यूशन पढाउन आउने बाहुन शिक्षक पिताम्बरसँगको प्रेम प्रसङ्ग, परिवारको इच्छा विपरित प्रेम विवाह, त्यसपछि माइतीपक्षसँगको सम्बन्ध विच्छेदलाई पहिलो घुम्तीको रुपमा देखाइएको छ । राजाको विरोध गर्दा पिताम्बर जेल जानु, इन्द्रमायाको जीवनमा संकट शुरु हुनु र पतिकै साथी रमेशको सहानुभूति र प्रेम पाउनु, रमेशसँगको अवैध सम्बन्धबाट इन्द्रमायाले छोरी पाउनु जीवनको अर्को घुम्ती हो ।

पिताम्बर जेलबाट छुटेपछि इन्द्रमायालाई स्वीकारे पनि छोरीलाई नस्वीकार्नु र पतिबाट अस्वीकृत भएपछि सन्तान लिएर एक्लै बस्ने इन्द्रमायाको निर्णयलाई जीवनको तेश्रो घुम्तीका रुपमा देखाइएको छ । फिल्ममा इन्द्रमाया पत्नी, प्रेमिका र आमा बन्दा जीवनमा झेल्नु परेका तीन घुम्तीलाई जीवन्त रुपमा प्रस्तुत गरेको छ । फिल्म पूरै इन्द्रमायाको कथामा घुमेको छ । इन्द्रमायाको भूमिका निभाएकी नायिका पन्तको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन् । उनले छोरी, प्रेमिका र आमाको भूमिका राम्ररी निभाएकी छिन् । फिल्मका इन्द्रमायाको पति पिताम्बरको भूमिकामा रहेका ध्रुव दत्त र प्रेमी रमेश बनेका सुशान्त कार्कीको अभिनय कनिकुथी गरेझैं फितलो लाग्छ ।

इन्द्रमायाको आमाको रुपमा भुवन चन्द र बुबाको रुपमा मदनदास श्रेष्ठ, चिया पसलेको रुपमा लक्ष्मी गिरी र नेताको भूमिका निर्वाह गरेका तीर्थ थापाको पनि अभिनय भने अब्बल नै छ ।

फिल्मको सेट र परिवेश पनि तत्कालीन समयको झल्को दिने खालकै छ । क्यामरामा दृश्याङ्कन र सर्टहरुमा निकै ख्याल गरिएको छ । फिल्ममा क्रोमाको प्रयोग गरेर पूरानो धरहराको झल्को दिन खोजिएको छ । प्रविधिको ज्ञान नभएकाहरुलाई पूरानो दृश्य नै भएको भान दिन्छ ।

त्यसैगरी वाग्मती नदीको स्वच्छ र नीलो पानीमा इन्द्रमायाले नुहाएको क्रोमा पनि तत्कालीन परिवेशको स्पष्ट झल्को दिन्छ तर क्रोमाको प्रयोगमा भने केही समस्या छ । राजा विरोधी आन्दोलनमा पनि क्रोमाको प्रयोग गर्ने ठाउँ प्रसस्तै थियो तर तीन चार जना प्रहरी र नारामा मात्र आन्दोलनलाई सीमित गरिएको छ । यो फिल्मको कमजोर पक्ष हो ।

फिल्ममा पिताम्बर र रमेशलाई जुँघा पालेका युवाको रुपमा देखाउनु तत्कालीन समयको प्रतिनिधित्व गर्छ तर पिताम्बर जेलमा रहँदा दाह्री जुँघा काटेर चिटिक्क परेको देखिनु । जेलबाट फर्कंदा ससुराली गए जस्तै चिटिक्क परेर घर फर्केको दृश्य फिल्ममा अस्वभाविक जस्तो लाग्छ । रमेशको प्रेम प्रस्ताव ठाडो रुपमा देखिन्छ । संवादमा त्यत्ति ख्याल गरेको देखिंदैन् । संवादले भन्दा पनि प्रेम व्यवहारबाट देखाउन सकेको भए प्रभावकारी हुन्थ्यो । इन्द्रमायाले सन्तान जन्मिसकेपछि वा गर्भवतीहुँदाको अवस्थामा डर, त्रास र कुनै संकोच नभएको प्रस्तुती अत्यन्तै सामान्य जस्तो छ । अहिलेको परिवेशमा पनि यसलाई सामान्य मान्न गाह्रो पर्छ । उपन्यासमा रहेको कुरालाई फिल्ममा केही परिवर्तन गर्न सकिन्थ्यो ।

काठमाडौं र बन्दीपुरका दृश्यहरुले फिल्मको परिवेशलाई स्वभाविक बनाएका छन् । अञ्चलाधीशको कार्यालय पूरानो शैलीको छ । घण्टी बजाएर सुरक्षाकर्मी डाक्ने शैली दर्शकलाई रमाइलो लाग्नसक्छ । यस्ता दृश्यले फिल्मको परिवेशलाई मजबुत बनाएको छ ।

साहित्यिक कृतिमाथि बनेका फिल्ममा कृतिमाथि अन्याय हुने गरेको आरोप लागिरहेको बेला तीन घुम्तीले भने न्याय नै गरेको कुरा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महत र सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रतिक्रिया दिएका छन् । शीर्ष नेतृत्वबाट यस्तो प्रक्रिया पाउनु फिल्मका लागि राम्रो पब्लिसिटी हुनसक्छ । कृष्ण धरावासीको कथामा आधारित झोला फिल्मबाट निकै प्रशंशा बटुलेकी नायिका गरीमा पन्तलाई तीन घुम्ती फिल्मले पनि फेरि चर्चामा पुगाउने निश्चित छ ।