१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्तामा आऊ : चार दल



अ+ अ-

काठमाडौं भदौ ६ – प्रमुख चार दलले संघीयताको सिमाङ्कनबाट असन्तुष्ट सबै पक्षलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।
आइतवार विहान बालुवाटारमा बसेको चार दलको बैठकले प्रस्तावित संघीयताको सिमाङ्कनमा सन्तुष्ट नभएकाहरुलाई वार्ताबाटै समाधान खोज्न आवहान गरेका हुन् ।
शुरुमा सरकारकातर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक आवहान गर्ने सहमति भएको बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले सिमाङ्कनबाट मधेशी र थरुहटका जनताको मागलाई सम्बोधन नगरेको गुनासो गरेका थिए । उनले आठ प्रदेश बनाइए सबै असन्तुष्ट पक्षको माग सम्बोधन हुने दाबी गरेका थिए ।