• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा,उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

औद्योगिक करिडोर क्षेत्रमा बन्दले एक अर्ब ७० करोडको नोक्सान



पथरी (मोरङ), ७ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ । 

उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोर्नुपर्ने भएको छ । उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयत गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द हडताल, चक्कजाम र विद्युत् भार कटौतीले गर्दा उद्योगी मारमा परेको बताउनुभयो । उहाँले बन्दकोे चाडै निकास निकालेर उद्योग सञ्चालनको सहज वातावरण बनाइदिन सरकार र सरोकारवाला पक्षलाई आग्रह गरे ।
बन्दले दिनानुदिन उद्योगधन्दा कलकारखाना धरासायी हँुदै गएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज, यातयाात, होटल र अस्पतालमा पनि बिरामीको चाप कम छ । मोरङ व्यापार सङ्घका अनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, पसल, यातायातलगायतका सबै क्षेत्र यतिखेर समस्याग्रस्त बन्दै गएको छ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा ५०० उद्योग धन्दामा एक लाख मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस