• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

औद्योगिक करिडोर क्षेत्रमा बन्दले एक अर्ब ७० करोडको नोक्सान



पथरी (मोरङ), ७ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ । 

उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोर्नुपर्ने भएको छ । उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयत गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द हडताल, चक्कजाम र विद्युत् भार कटौतीले गर्दा उद्योगी मारमा परेको बताउनुभयो । उहाँले बन्दकोे चाडै निकास निकालेर उद्योग सञ्चालनको सहज वातावरण बनाइदिन सरकार र सरोकारवाला पक्षलाई आग्रह गरे ।
बन्दले दिनानुदिन उद्योगधन्दा कलकारखाना धरासायी हँुदै गएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज, यातयाात, होटल र अस्पतालमा पनि बिरामीको चाप कम छ । मोरङ व्यापार सङ्घका अनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, पसल, यातायातलगायतका सबै क्षेत्र यतिखेर समस्याग्रस्त बन्दै गएको छ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा ५०० उद्योग धन्दामा एक लाख मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस