• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

औद्योगिक करिडोर क्षेत्रमा बन्दले एक अर्ब ७० करोडको नोक्सान



पथरी (मोरङ), ७ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ । 

उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोर्नुपर्ने भएको छ । उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयत गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द हडताल, चक्कजाम र विद्युत् भार कटौतीले गर्दा उद्योगी मारमा परेको बताउनुभयो । उहाँले बन्दकोे चाडै निकास निकालेर उद्योग सञ्चालनको सहज वातावरण बनाइदिन सरकार र सरोकारवाला पक्षलाई आग्रह गरे ।
बन्दले दिनानुदिन उद्योगधन्दा कलकारखाना धरासायी हँुदै गएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज, यातयाात, होटल र अस्पतालमा पनि बिरामीको चाप कम छ । मोरङ व्यापार सङ्घका अनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, पसल, यातायातलगायतका सबै क्षेत्र यतिखेर समस्याग्रस्त बन्दै गएको छ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा ५०० उद्योग धन्दामा एक लाख मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस