३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

साफ च्याम्पियनसिपः नेपाल समूह विजेताका साथ सेमिफाइनलमा

साफ च्याम्पियनसिपः नेपाल समूह विजेताका साथ सेमिफाइनलमा
अ+ अ-

काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपाल बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको पहिलो हाफको ११ औँ मिनेटमा रोहित सरकारले बङ्गलादेशका लागि गोल गरे ।
त्यस्तै खेलको १८ औँ मिनेटमा नेपालका अञ्जान विष्टले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्ततः नेपाललाई जित दिलाउन बङ्गलादेशका खेलाडीले नै सहयोग गरे । बङ्गलादेशका टुटुल बदशाहले खेलको दोस्रो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरिदिएपछि नेपालको जित सुनिश्चित हुन पुग्यो ।
नेपाल जारी प्रतियोगितामा शीर्ष छ अङ्क जोड्दै समूह ए को समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै बङ्गलादेश तीन अङ्कका साथ उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । नेपालले पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको तथा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तीन अङ्क जोडेको थियो । मङ्गलबार समूह ‘बी’अन्तर्गत अपराह्न ३ः३० बजे माल्दिभ्सले भारतको सामना गर्नेछ । रासस