३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

कृषकले दूध सडकमा पोखे

कृषकले दूध सडकमा पोखे
अ+ अ-

बनेपा, ७ भदौ । काभ्रेपलाञ्चोकको विभिन्न गाविसबाट सङ्कलन गरेको दूध कृषकले आज बनेपाको स्थानीय चारदोबाटोमा पोखेका छन् । 

नेपाल बन्दका कारण दूधको बिक्री वितरण नभएको र दूध विकास संस्थान (डिडिसी) ले समेत दूध खरिद नगरेकाले कृषकले साङ्केतिक रुपमा विरोधस्वरुप करिब १२० लिटर दूध सडकमा पोखेका हुन् ।
जिल्लाको कुशादेवी, पात्लेखेत, महादेवस्थानलगातयका क्षेत्रबाट आएका झन्डै १०० कृषकले आफूहरुले उत्पादन गरेको दूधको कुनै मूल्य नभएको भन्दै बाटोमा पोखेका थिए । “अझै केही दिन पर्खन्छौँ त्यसबाट पनि समस्या समाधान नभए डिडिसीमा नै लगेरे दूध पोख्छाँै” पात्लेखेत गाविसका अगुवा कृषक वासुदेव उपाध्यायले भन्नुभयो ।
जिल्लामा भूकम्पअघि दैनिक चार लाख लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूधमध्ये दुई लाख १० हजार लिटर दूध काठमाडौँ निर्यात भई त्यसबाट जिल्लामा झन्डै दैनिक रु एक करोड ५० लाख भित्रिने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कृषकले दुई दिनको बन्दबाट मात्रै जिल्लामा करिब रु ५० लाख बराबरको क्षति भएको बताएका छन् । रासस