• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले… ★   आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो ★   संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग ★   लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

कस्तुरी मृगले बासस्थान छोडे



बेनी (म्याग्दी), ११ भदौ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो बासस्थान छोडेर अन्यत्र जान थालेका छन् ।

धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्त मात्रामा कस्तुरी मृगको बासस्थान रहने गरेको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जादाँ अनुकूल वातावरण र बासस्थान तथा आहारको अभाव हुन थालेपछि चिसो र एकान्त वातावरणमा मन पराउने भएकाले पनि कस्तुरी मृगले बासस्थान छोडेर जान थालेको वन्यजन्तु तथा वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।
विश्वमै दुर्लभ मानिने ती मृग म्याग्दीबाट ढोरपाटन सिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न थालेको स्थानीयवासी बताउँछन् । मुदीको जङ्गलमा विगतमा देखिएका वन्यजन्तु अहिले आएर धवलागिरि आधार शिविर वरपर देखिन थालेका गुर्जाका समाजसेवी कमल छन्त्यालले जानकारी दिनुभयो ।
यसैगरी गुर्जा, लुलाङ, मुना, मुदी, कुइनेमङ्गले, चिमखोला र दानाका जङ्गलमा केही वर्षअघि सम्म देखिने कस्तुरी मृगका अतिरिक्त झारल, मृग र घोरल पनि सो वन छोडेर अन्यत्र गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला वन कार्यालय म्याग्दीका अनुसार दुई वर्षअघि मानव बस्तीनजिकै आउने वन्यजन्तु अहिले देख्न हिमाली क्षेत्रमा पुग्नुपर्ने भएको छ । अनुकूल वातावरणको अभावमा उचित बासस्थान र आहारको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले उच्च पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वन्यजन्तुविद् सापकोटाले बताउनुभयो । रासस