• २० असार २०७९, सोमबार
  •      Mon Jul 4 2022
Logo
Latest
★   उपभोक्ता हित संरक्षण मञ्चको प्रश्न: अर्थमन्त्रीज्यू नैतिकता खै ? ★   सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन ★   राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भव छ, वरिष्ठ उपाध्यक्ष ढकाल ★   ठाउँको अभावमा आलोपालो गरी सुत्छन् कैदीबन्दी ★   भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा ★   एकीकृत समाजवादीले बागमती छोडेर सुदूरपश्चिम दाबी गर्ने ★   जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो ★   प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने ★   हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन ★   दशरथचन्द राजमार्ग सञ्चालनमा

‘एक विद्यार्थी एक बिरुवा’



चन्द्रपुर (रौतहट), ११ भदौ । जिल्लाको एक निजी विद्यालयले अनिवार्य रुपमा एक बिरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित बाल निकेतन विद्यालयले ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत आठ सय विद्यार्थीले अनिवार्य रुपमा एउटा बिरुवा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षण गरेबापत अतिरिक्त क्रियाकलापअन्तर्गतको परीक्षामा नम्बर थप गर्ने विद्यालयका प्राचार्य धुव्र सिग्देलले बताउनुभयो ।
विद्यार्थीले रोप्न चाहेको बिरुवा विद्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । विद्यार्थी तथा सम्पूर्ण शिक्षकले विद्यालय परिसर तथा आ–आफ्नो घर तथा जमिनमा बिरुवा रोप्ने अभियान थालेको जानकारी विद्यालयका निर्देशक दीपक रेग्मीले दिनुभयो ।रासस