१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’

चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य – अध्यक्ष ओली

चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य – अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरुमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलले कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने समेत बताउनु भयो । उहाँले निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो चिन्ह राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए निर्वाचन आयोगले त्रुटी सच्याउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे, हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुप¥यो । हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन । म अत्यन्त व्यस्त भइरहेको छु । उहाँहरुसँग सोधौँला, बुझौँला । यदी हो भने, कुन हिसावले राख्ने ? यो धार्मिक हिसावले राख्ने हो ? के हिसावले हरियो चिन्ह राख्ने ? अथवा कसैको हरियो देखिने चिन्ह छ कसैको त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो ? किन हरियो राख्ने ? यदी हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटी सच्याउनुप¥यो । यदी निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रुटी सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’

अध्यक्ष ओलीले बढ्ता भाग्यमानीले मात्रै छोरी पाउने बताउनु भयो । उहाँले छोरी पाउनेहरुले बुढेसकालमा सहारा दिने उल्लेख गर्दै छोरीलाई स्वतन्त्र चेतनाका साथ बाच्न पाउने, उचित शिक्षा, दिक्षा दिनेतर्फ अभिभावकले सोच्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले छोरीहरुका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अबका दिनमा छोरीहरुले रोजगारीका अवसर छोडे भने छोराहरुले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रै दिदिबहिनीहरुले पनि छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरुले पनि छोड्नुपर्छ । छारा र छोरी उस्तै हुन् । भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ । छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन । तर बढ्ता भाग्यमानीले छोरी पाउँछ । त्यसैले छोरीलाई शिक्षादिक्षा दिने कुरा, छोरीको स्वास्थ्यमा ध्यान राख्ने कुरा, छोरीलाई हेला, होचो र दम्भीत भावनाकासाथ हुर्किन नपारोस्, उनीहरु आत्मविश्वासका साथ दम्भीत भावना होइन, स्वतन्त्र चेतनाका साथ विकास गर्न सकुन् भन्नेतर्फ सम्पूर्ण अभिभावकले आज ध्यान दिन जरुरी छ । यस काममा सरकारले नीति निर्माण गर्दा, हरेक तहका सरकारले यी कुराहरुलाई अभियानको रुपमा अगाडि बढाउनु पर्छ । तपाईहरुको रोजगारीको समान अवसर भन्ने नारा देखेको छु । अब बिस्तारै रोजगारीका अवसर त महिलाहरुले, छोरीहरुले रोजगारीका अवसर छोडे भने छोराहरुले पाउने स्थिति बन्दै जाँदैछ किनभने छोरीहरु बढी पढाइमा ट्यालेन्ट हुन्छन् ।’

अध्यक्ष ओलीले अहिले हरेक राज्यका अंगहरुमा नेकपा एमालेको बिरुद्ध प्रयोग भइरहेको बताउनु भयो । उहाँले सभामुखको अहिलेको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई थाहा छ, हरेक कुरा नेकपा एमालेको बिरुद्धमा प्रयोग भइरहेका छन् । राज्यका अंगहरु, सबै अंगहरु, एमालेका बिरुद्ध प्रयोग भइरहेका छन् । अदालत प्रयोग भएर परमादेश जारी गरेको पनि तपाईहरुले देख्नुभयो । सभामुखको भुमिका तपाईहरुले देख्नुभएको छ । तमासा भइरहेको छ, सभामुखको तर्फबाट नियम कानून भन्ने कुरा त्यो त कुनै मतलव नै छैन । स्वेच्छाचारिता, मनपरितन्त्र, कसैको कुनै पार्टीका कुनै नेताले व्यक्तिगत तवरमा निस्कषन गरेको ल्याएर सूचना जराी गर्ने, कसैको केन्द्रिय कमिटीले निर्णय गरेको, पार्टी फुटाएर हिँड्ने, पार्टीको सरकार ढाल्ने, प्रतिक्रियावादीहरुलाई फाइदा पुर्याउने, पार्टी विभाजन गर्ने, दुई तिहाईको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चक्नाचुर पारेर दक्षिणपन्थीहरुका पाउ मोल्न जानेहरुलाई निकालेको पनि सदर हुन नसक्ने यस्ता खालका कुराहरु गरेर सभामुख बसिराख्या छन् ।’

अध्यक्ष ओलीले अब जनादेशको लागि तयारी गर्ने भूमिकामा लाग्न अखिल नेपाल महिला संघसहित सम्पूर्ण महिलाहरुलाई अनुरोध गर्नुभयो ।