• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

सम्पदा पुनःनिर्माणमा १५ अर्ब



काठमाडौँ,  भदौ १८ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् ।

भूकम्प अति प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट र गोरखाका सम्पदामा धेरै क्षति पुगेको छ ।

स–साना धेरै सङ्ख्यामा चैत्य, गुम्बा, माने तथा छोर्तेन नोक्सान पुगेको छ । बौद्ध दर्शन तथा साहित्यमा महत्वपूर्ण मानिएका महायानी सम्प्रदायका प्राचीन तथा ऐतिहासिक विशेषता बोकेका ५०० वर्ष पुराना सम्पदासमेत भत्किएका छन् ।

समितिमा दर्ता हुन बाँकी तीन हजारभन्दा बढी गुम्बा छन् । समितिका अध्यक्ष कर्मा लेग्सेले पाँच वर्षभित्र ती सम्पदा मर्मत तथा जीर्णोद्धार गर्ने योजना राखिए पनि सरकारको आर्थिक तथा प्राविधिक सहयोग आवश्यक हुने बताए ।

उनले विदेशमा बसेका नेपाली तथा गैरनेपालीले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ती सम्पदा निर्माणमा सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । रासस