२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिए



अ+ अ-

काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनबाट ६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६५ क्षेत्रमा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट भएका हुन् ।

कांग्रेस महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ६ मंसिरबाट अधिवेशन भइरहेको छ । निर्वाचन समितिका सचिव केशव रिजालले एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अधिवेशन हुन बाँकी एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया सुरु भएको जानकारी दिए ।

निर्वाचन समितिका अनुसार एक निर्वाचन क्षेत्र भएका १६ जिल्लामा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । समितिले करिब ४० जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भएको जनाएको छ । ‘६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जानकारी निर्वाचन समितिलाई आएको छ,’ उनले भने, ‘बाँकीमा निर्वाचन हुने र नतिजा आउने क्रम जारी छ ।’

क्रियाशील सदस्यता विवादलगाायतका कारण सर्लाहीमा भने वडा अधिवेशनसमेत सुरु हुन सकेको छैन । ‘सर्लाहीमा पनि निर्वाचन अधिकृत खटाइसकिएको छ । नयाँ मिति तोकेर अधिवेशन अगाडि बढाइनेछ,’ सचिव रिजालले भने । कार्यतालिकाअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।

निर्वाचन समितिले हालसम्म कांग्रेसका १८ जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएको छ । समितिका अनुसार मंगलबारसम्म मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, रुकुमपूर्व, जाजरकोट, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, सल्यान, दोलखा, कालीकोट, हुम्ला, बाजुरा, बझाङ, डडेल्धुरा र भोजपुर छन् । १६ र १७ मंसिरमा प्रदेश अधिवेशन र २४ देखि २६ मंसिरमा केन्द्रीय महाधिवेशन हुनेछ ।