• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे ★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

एकै घरमा तीनको मृत्यु



इलाम, भदौ १९ । इलामको श्रीअन्तुमा शनिबार बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका दुई र घरधनी लमनको मृत्यु भएको हो ।

लमनकी श्रीमतीको मृत्युपछि गाउँले कुर्न गएका अवस्थामा बिहान अचानक बेहोस भएपछि उपचारका क्रममा सूर्याेदय नगरपालिकास्थित फिक्कलको प्राथमिक स्वास्थ्य केन्द्रमा तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा श्रीअन्तु–६ का अन्दाजी ६० वर्षीय फुर्वा तामाङ, १८ वर्षीय नितेश मगर र घरधनी ४० वर्षीय लमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभर जेनेटर बालेको कोठामा सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बेलुका अन्दाजी १० बजे सुतेका उनीहरु बिहान बेहोसावस्थामा भेटिएका थिए । उनीहरुलाई उपचारका लागि ल्याउँदै गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो । रासस