• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

एकै घरमा तीनको मृत्यु



इलाम, भदौ १९ । इलामको श्रीअन्तुमा शनिबार बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका दुई र घरधनी लमनको मृत्यु भएको हो ।

लमनकी श्रीमतीको मृत्युपछि गाउँले कुर्न गएका अवस्थामा बिहान अचानक बेहोस भएपछि उपचारका क्रममा सूर्याेदय नगरपालिकास्थित फिक्कलको प्राथमिक स्वास्थ्य केन्द्रमा तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा श्रीअन्तु–६ का अन्दाजी ६० वर्षीय फुर्वा तामाङ, १८ वर्षीय नितेश मगर र घरधनी ४० वर्षीय लमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभर जेनेटर बालेको कोठामा सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बेलुका अन्दाजी १० बजे सुतेका उनीहरु बिहान बेहोसावस्थामा भेटिएका थिए । उनीहरुलाई उपचारका लागि ल्याउँदै गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो । रासस