२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै घरमा तीनको मृत्यु



अ+ अ-

इलाम, भदौ १९ । इलामको श्रीअन्तुमा शनिबार बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका दुई र घरधनी लमनको मृत्यु भएको हो ।

लमनकी श्रीमतीको मृत्युपछि गाउँले कुर्न गएका अवस्थामा बिहान अचानक बेहोस भएपछि उपचारका क्रममा सूर्याेदय नगरपालिकास्थित फिक्कलको प्राथमिक स्वास्थ्य केन्द्रमा तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा श्रीअन्तु–६ का अन्दाजी ६० वर्षीय फुर्वा तामाङ, १८ वर्षीय नितेश मगर र घरधनी ४० वर्षीय लमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभर जेनेटर बालेको कोठामा सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बेलुका अन्दाजी १० बजे सुतेका उनीहरु बिहान बेहोसावस्थामा भेटिएका थिए । उनीहरुलाई उपचारका लागि ल्याउँदै गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो । रासस