२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा संयुक्त अरब एमिरेट्स र बहराइनका ५० सैनिकको मृत्यु, सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन भएको सरकारको भनाई



अ+ अ-

अबुधाबी,  भदौ १९ । यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स र बहराइनका कम्तीमा पनि ५० जना सैनिकको शुक्रबार विस्फोटनमा परी ज्यान गएको समाचारमा जनाइएको छ ।
मारिनेमा संयुक्त अरब एमिरेट्स युएईका ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्रबारलाई सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।
सैनिक पोष्टमा रहेका उनीहरुलाई विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका जनाइएको छ भने एउटा अर्को समाचारअनुसार उक्त दुर्घटना भुलबस भएको पनि भनिएको छ ।
यमनी सरकारले उक्त दुर्घटन भुलबस हुन पुगेको भनेको छ । तर यमनमा सरकार विरुद्ध विद्रोह गरिरहेको हुथी विद्रोही समूहले भने आफ्ना लडाकूले ती सैनिकको हत्या गरेको जनाएका छन् ।
हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले रकेट प्रहार गरी सैनिकको हत्या गरेको जानकारी सार्वजनिक गरेको छ । युएइका युवराज शेख मोहमद बिन जायद अल नयनले यमनमा भएको अन्यायका विरुद्ध आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिक्रिया दिनुभएको छ ।
युएइले पनि गएको वर्षदेखि यमनमा सुरु भएको विद्रोहीहरुका विरुद्धको युद्धमा सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व गरेको सैनिक कारबाहीमा उसको पनि सम्लग्नता रहेको छ । रासस/एएफपी




भर्खरै