२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरका कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित



अ+ अ-

उदयपुर । उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका हुन् । 

कार्कीको कम्पनीले आर्थिक बर्ष २०७६।०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबैभन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।
नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबैभन्दा बढी कर तिर्न सफल भएको जनाएको छ । 

सेवा कार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आयविवरणमा कार्कीद्धारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार कारोबार गरेकोमा १ करोड ८४ लाख १७ हजार करयोग्य आय गर्न सफल भएको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन् । 

कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि छैटौ पटक धेरै आयकर तिर्ने साविक सगरमाथा अंचलकै उत्कृष्ट फर्म बन्न सफल भएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष २०७५।०७६ मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो ।