१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरका कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित



अ+ अ-

उदयपुर । उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका हुन् । 

कार्कीको कम्पनीले आर्थिक बर्ष २०७६।०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबैभन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।
नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबैभन्दा बढी कर तिर्न सफल भएको जनाएको छ । 

सेवा कार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आयविवरणमा कार्कीद्धारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार कारोबार गरेकोमा १ करोड ८४ लाख १७ हजार करयोग्य आय गर्न सफल भएको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन् । 

कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि छैटौ पटक धेरै आयकर तिर्ने साविक सगरमाथा अंचलकै उत्कृष्ट फर्म बन्न सफल भएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष २०७५।०७६ मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो ।