• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम ★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु ★   आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै ★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री ★   जब पन्तले धोनीको सिग्नेचर हेलिकप्टर शट खेले… ★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! ★   १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालयको दर्ता खारेज प्रक्रिया सुरु



भक्तपुर, भदौ २५ । जिल्ला शिक्षा कार्यालय भक्तपुरले अनुमति नलिइ सञ्चालनमा रहेका १५ विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै अनुगमनका क्रममा अनुमति बिना सञ्चालन भइरहेको, नियमानुसार पूर्वाधार नभएको, तोकिएको मात्रामा विद्यार्थी संख्या अपुग भएको विद्यालय खारेज गर्ने प्रक्रिया सुरु गरेको हो ।

खारेजीका लागि प्रक्रिया सुरु गरेको विद्यालयमा चाँगुको चाँगुनारायण ई स्कुल, दुवाकोट सरस्वतीखेलस्थित मातृभूमि शिक्षा सदन, बागेश्वरीको बागेश्वरी इस्ट प्वाइन्ट ई. स्कुल, कटुञ्जेको सिम्फोनी एकेडेमी, बालकोटको सिद्धार्थ निकेतन, मध्यपुर थिमि नगरपालिका–१५, गट्ठाघरको पूजा ई. स्कुल र मथिनपा–१७ को विराट ई. स्कुल रहेका छन् ।

त्यसैगरी गणेश ई स्कुल, मथिनपा–२ बोडे, चक्रवर्ती हवी एजुकेसन फाउन्डेसन, मथिनपा–३, ग्रेसलैन्ड पब्लिक स्कुल भक्तपुर नगरपालिका–१५ इटाछें, जुन ई स्कुल भनपा–१० व्यासी, सिद्धिदास मावि भनपा–१४ गपली, लक्ष्मी विद्यामन्दिर भनपा १०–व्यासी, विनायक विद्याश्रम भनपा–१ कमलविनायक र सहिद स्मृतिमा वी भनपा–११ भेलुखेलको दर्ता खारेजी प्रक्रिया सुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।

जिशिअ शर्माले कुनै प्रकारले नियमानुसार सञ्चालन भइरहेको र खारेज गर्नु नपर्ने कारण भए १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित भई लिखित जवाफ दिन अनुरोध गरिएको अन्यथा नियमानुसार ती विद्यालयको दर्ता खारेज हुने बताए रासस