२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा हवाई आक्रमणमा ६० जना विद्रोहीको मृत्यु



अ+ अ-

काठमाडौं, भदौ २५ । हवाई आक्रमणमा परी कम्तिमा ६० जना कुर्दिसस्थान वर्कस पार्टी (पिकेके) सम्बद्ध विद्रोहीको मृत्युभएको इराकको डोगान समाचार समितिले जनाएको छ ।

विभिन्न खालका २१ वटा युद्धक विमान प्रयोग गरी बिहीबार रातभर उत्तरी इराकको क्वान्डिलीस्थित हिमाली क्षेत्रमा गरिएको आक्रमणमा कैयौँ घाइतेसमेत बनेका छन् ।

यसैबीच, पिकेकेले उक्त क्षेत्रमा गएको शुक्रबार गरेको आक्रमणमा एक नागरिकको मृत्यु हुनुका साथै टर्कीका तीन प्रहरी घाइते भएका थिए ।

बिहीबार आफ्नो सुरक्षाफौजले गरेको आक्रमणपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै टर्कीका प्रधानमन्त्री अहमेट दावुटोग्लुले पिकेके विद्रोहीविरुद्ध टर्कीभित्र र बाहिर कारबाही जारी राख्ने जनाएका थिए ।

युरोपेली महासंघ परिषद्का डोनाल्ड टस्कसँगै गरेको उक्त संयुक्त बैठकमा आफ्नो देश आतंकवाद विरोधी अभियानमा लागिपरेको र गएको दुई दिनमा सुरक्षाफौजको कारबाहीले काफी सफलता प्राप्त गरेको बताए ।

टर्कीले पिकेकेलाई आतंककारी संगठन घोषणा गरी उक्त समूहविरुद्ध कारबाही चलाउँदै आएको छ । (एजेन्सी)