• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

इराकमा हवाई आक्रमणमा ६० जना विद्रोहीको मृत्यु



काठमाडौं, भदौ २५ । हवाई आक्रमणमा परी कम्तिमा ६० जना कुर्दिसस्थान वर्कस पार्टी (पिकेके) सम्बद्ध विद्रोहीको मृत्युभएको इराकको डोगान समाचार समितिले जनाएको छ ।

विभिन्न खालका २१ वटा युद्धक विमान प्रयोग गरी बिहीबार रातभर उत्तरी इराकको क्वान्डिलीस्थित हिमाली क्षेत्रमा गरिएको आक्रमणमा कैयौँ घाइतेसमेत बनेका छन् ।

यसैबीच, पिकेकेले उक्त क्षेत्रमा गएको शुक्रबार गरेको आक्रमणमा एक नागरिकको मृत्यु हुनुका साथै टर्कीका तीन प्रहरी घाइते भएका थिए ।

बिहीबार आफ्नो सुरक्षाफौजले गरेको आक्रमणपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै टर्कीका प्रधानमन्त्री अहमेट दावुटोग्लुले पिकेके विद्रोहीविरुद्ध टर्कीभित्र र बाहिर कारबाही जारी राख्ने जनाएका थिए ।

युरोपेली महासंघ परिषद्का डोनाल्ड टस्कसँगै गरेको उक्त संयुक्त बैठकमा आफ्नो देश आतंकवाद विरोधी अभियानमा लागिपरेको र गएको दुई दिनमा सुरक्षाफौजको कारबाहीले काफी सफलता प्राप्त गरेको बताए ।

टर्कीले पिकेकेलाई आतंककारी संगठन घोषणा गरी उक्त समूहविरुद्ध कारबाही चलाउँदै आएको छ । (एजेन्सी)