• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

इराकमा हवाई आक्रमणमा ६० जना विद्रोहीको मृत्यु



काठमाडौं, भदौ २५ । हवाई आक्रमणमा परी कम्तिमा ६० जना कुर्दिसस्थान वर्कस पार्टी (पिकेके) सम्बद्ध विद्रोहीको मृत्युभएको इराकको डोगान समाचार समितिले जनाएको छ ।

विभिन्न खालका २१ वटा युद्धक विमान प्रयोग गरी बिहीबार रातभर उत्तरी इराकको क्वान्डिलीस्थित हिमाली क्षेत्रमा गरिएको आक्रमणमा कैयौँ घाइतेसमेत बनेका छन् ।

यसैबीच, पिकेकेले उक्त क्षेत्रमा गएको शुक्रबार गरेको आक्रमणमा एक नागरिकको मृत्यु हुनुका साथै टर्कीका तीन प्रहरी घाइते भएका थिए ।

बिहीबार आफ्नो सुरक्षाफौजले गरेको आक्रमणपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै टर्कीका प्रधानमन्त्री अहमेट दावुटोग्लुले पिकेके विद्रोहीविरुद्ध टर्कीभित्र र बाहिर कारबाही जारी राख्ने जनाएका थिए ।

युरोपेली महासंघ परिषद्का डोनाल्ड टस्कसँगै गरेको उक्त संयुक्त बैठकमा आफ्नो देश आतंकवाद विरोधी अभियानमा लागिपरेको र गएको दुई दिनमा सुरक्षाफौजको कारबाहीले काफी सफलता प्राप्त गरेको बताए ।

टर्कीले पिकेकेलाई आतंककारी संगठन घोषणा गरी उक्त समूहविरुद्ध कारबाही चलाउँदै आएको छ । (एजेन्सी)