११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा दुर्घटनामा २८ आप्रवासीको डुबेर मृत्यु



अ+ अ-

काठमाडौं, भदौ २८ । ग्रीसका अधिकारीका अनुसार डुंगा दुर्घटनापछि कम्तिमा २८ जनाको डुबेर मृत्यु भएको छ ।

ग्रीसको पूर्वमा अवस्थित दक्षिण एइजन समुद्रमा डुंगा दुर्घटना हुँदा २८ जनाको डुबेर मृत्यु भएको छ । मृतकमध्ये झन्डै आधा संख्या बालबालिका रहेको जनाइएको छ ।

आइतबार बिहानै ग्रीसको फार्माकोसिनी टापुमा करिब सय जना यात्रु बोकेको डुंगा दुर्घटनामा पाँच जना नाबालक, पाँच केटी र पाँच केटा समुद्रमा डुबेको बताइएको छ ।

स्थानीय डुंगाको सहयोगमा ६८ जनालाई सकुशल उद्धार गरिएको छ । बाँकी ३० जना पौडी खेलेर टापुमा पुग्न सफल भएका छन् । (एजेन्सी)