११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु



अ+ अ-

अफगानिस्तान, भदौ २९ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा मङ्गलबार विहान सवारीलाई लक्षगरी गरिएको आतङ्ककारी आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन ।
मङ्गलबार बिहान सबेरै चार दिवार इलाकाको मुख्य सडकमा यात्रा गरिरहेको सर्वसाधारणको एक कारमा दुई सैनिकलाई चढाएपछि सो सवारी साधनलाई लक्ष्यगरी गरिएको गोली आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको जनाइएको छ ।
सो आक्रमणमा परी अर्का एक सेना घाइते भएको जनाइएको छ । सो सवारी साधन छिमेकी प्रान्त पाक्टिया प्रान्ततर्फ गईरहेको जनाइएको छ ।
तालिवान आतङ्ककारी समूहले सर्वसाधारणलाई सरकारी समारोह सम्मेलन लगाउत सेनाको जत्थाबाट टाढा रहन चेतावनी दिएका छन् । रासस/सिन्ह्वा