५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान उड्दै गर्दा पाइलटको ड्युटी सकिएको भन्ने प्रकरणमा के भन्छ निगम ?



अ+ अ-

काठमाडौं । मंगलबार काठमाडौंबाट रुकुम (सल्ले) जानुपर्ने जहाज नेपालगञ्जमै अवतरण गराइएको विषयले निकै चर्चा पायो ।  

त्यसरी चर्चामा आएपछि वायुसेवा निगमले घटनाको विवरण सार्वजनिक गरेको छ । 

आइतवार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि कर्मचारीहरूलाई सवा ५ बजे बोलाइएको भएपनि तर, मौसम प्रतिकूलताका कारण उडान रद्द गरिएको निगमले जनाएको छ । 

यद्यपि मौसममा क्रमिक सुधार आएपछि दिउँसो सवा २ बजे पुनः उडान भर्ने तयारी गरिएपछि घर फर्किएका यात्रु आएर उडान भर्दा २ः५८ बजेको निगमले जनाएको छ । 

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपरान्हको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ बिहान सवा ५ बजेदेखि नै ड्युटी शुरू भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको ‘ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।,’ 

निगमका अनुसार पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरिएको हुन्छ । रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरूलाई होटलमा राखेर भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था बाध्यता र उचित निर्णय भएको निगम बताउँछ । 

विमानको न्यूनताका कारण अर्कोदिनको उडान तालिकामा असर नपरोस् भनेर अन्तिम विकल्प स्वरुप त्यस्तो निर्णय लिइएको र यस्ता घटना अब उप्रान्त दोहोरिन नदिने पनि निगमले प्रतिबद्धता जनाएको छ ।