• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राममनोहर यादव सिके राउतका कार्यकर्ता थिए– गृहमन्त्री थापा



काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादव सिके राउतका कार्यकर्ता रहेको बताएका छन् । उनलाई केही समयअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बाँके भ्रमणका क्रममा कालो झण्डा देखाएका कारण प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनी प्रहरी हिरासदमै मारिएका थिए । तर उनको मृत्यु चोटपटकले नभई रोगले भएको मन्त्री थापाले आज संसदमा जानकारी दिए ।
हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताए ।
‘त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको टोलीसँगै उनलाई काठमाडौं ल्याइएको थियो, ’ थापाले भन । उनको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै राजपाका सांसदहरुले गृहमन्त्रीलाई प्रश्न गरेपछि मन्त्री थापाको यो जवाफ आएको हो ।