![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
दुबइ । एसिया कप क्रिकेट प्रतियाेगिता अन्तरगत मंगलबार साँझ भएकाे खेलमा भारतले हङकङलाइ २६ रनले पराजित गरेकाे छ । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे भारतले सात विकेटकाे क्षतिमा २८५ रन बनाएकाे थियाे ।
भारतका तर्फबाट प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले १२७ रन बनाएका थिए । अर्का ब्याट्सम्यान अम्बाटी रायडुले ६० रन बनाउनुबाहेक अन्यकाे खासै याेगदान थिएन ।
एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका भारत र पाकिस्तानबीच समूह बी काे समूह विजेताका लागि अाज खेल हुँदैछ ।