१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन



अ+ अ-

बारा । बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।

कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

आव ०७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवबाट थाहाभएको छ । उक्त उत्पादित आलु कलैया बजारमा प्रतिकेजी २०/२५ मा बिक्री भइरहेको कुरा पनि थाहाभएको छ ।

जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकेट क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको छ । (रासस)