२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिकाद्वारा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालन



अ+ अ-

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाले सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो नगरपालिका–५ स्थित कालेखोलीमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।

चन्दननाथ नगरपालिका र गैरसरकारी संस्था एसएनभी नेपालको आर्थिक सहयोग र सूर्य सामाजिक सेवा सङ्घ जुम्लाद्वारा निर्मित सार्वजनिक शौचालय सञ्चालनमा पाएपछि यहाँका स्थानीयवासीदेखि बजार क्षेत्रमा आएका सर्वसाधारणले सेवा लिने नगरपालिका प्रमुख सेजुवालले बताउनुभयो । नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गरेको सूर्य सामाजिक सङ्घ जुम्लाका अध्यक्ष घनश्याम नगकरकेटीले बताउनुभयो ।

शौचालयको दिगो व्यवस्थापन गर्नु महत्वपूर्ण भएकाले यहाँका स्थानीयवासीले यसलाई सुरक्षितरुपमा लामोमसयसम्म सञ्चालन गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।  

नगरपालिका–५ मा मात्र नभई अन्य वडाहरुमा पनि यस्तै सुरक्षित शौचालय निर्माणमा एसएनभी नेपालले सहयोग गर्ने आशा राखेको नगरपालिका उपप्रमुख अप्सरादेवी महतले बताउनुभयो । शौचालयका लागि  पानी र बत्तीको व्यवस्थापन नगरपालिकाले पहल गरिने जनाइएको छ । महिलाको समस्यालाई दृष्टिगत गरी कर्णालीकै नमूना, आधुनिक र व्यवस्थित सार्वजनिक शौचालय निर्माण भएको वडाध्यक्ष गोल्डेन कठायतले बताउनुभयो । रु ८५ लाखको लागतमा सार्जजनिक शौचालय निर्माण भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढुथापाले बताउनुभयो ।

शौचालय निर्माण गर्नुमात्र ठूलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो । नगरपालिका–१०मा दश वर्षका लागि जग्गा लिजमा लिएर बजारबाट निस्कने फोहोरालाई व्यवस्थापन गर्ने ठाउँ निर्माण गरेर छिट्टै सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ । रासस