३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्वले चालु खर्च धान्न कठिन : अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले राजस्वले चालु खर्च धान्न कठिन भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले बुधबार आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक कार्यक्रममा उहाँले यस्तो बेलामा निजी क्षेत्रले निस्वार्थभावसहित आफ्नो प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले अहिलेको बजेट सानो भएकाले हामीले बनाएका संरचनाको खर्च गर्ने प्रवृत्ति हेर्दा चालु खर्च धान्न पनि मुस्किल छ, नेपालको बजेट र बजेट प्रणाली नै समस्याग्रस्त अवस्थामा छ, राजस्वले चालु खर्च धान्न कठिन छ, त्यसैले निजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनुपर्छ ।” उहाँले कोभिडपछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रलाई आवश्यक सहुलियत पूरा गर्ने सरकारको प्रयास जारी रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएर बजारमा तरलता अभाव नभएको भन्दै सीसीडी रेसियो र तरलतालाई तुलना गर्न नहुनेमा जोड दिनुभयो । तरलता लामो समयदेखिको समस्या भएको उहाँको भनाइ थियो । 

गभर्नर अधिकारीले अहिले विश्व अर्थतन्त्र ५ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको उल्लेख गर्दै नेपालमा पनि कोभिड पछि अर्थतन्त्रमा राम्रो सुधार देखिएको बताउनुभयो । नेपालमा मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।