३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

अार्सनल र चेल्सीकाे प्रभावशाली जित

अार्सनल र चेल्सीकाे प्रभावशाली जित
अ+ अ-

यस सत्रकाे इङ्लिस प्रिमियर लिग सिजनमा अार्सनल र चेल्सीले राम्राे सुरूवात गरेका छन् । अाज भएका खेलमा अार्सनलले फूलह्यामलाइ ५ – १ गाेल अन्तरले पराजित गरेकाे छ । अार्सनलका तर्फबाट अाेउबामेयाङ र लाकाजेटीले २-२ गाेल गरेका थिए भने एक गाेल अाराेन राम्सेले गाेल गरेका थिए ।

फूलह्यामका तर्फबाट एक मात्र गाेल अान्द्रे सुरेलले गरेका थिए ।

अर्काे खेलमा चेल्सीले साउथह्याम्पटनलाइ ३-० गाेलले पराजित गरेकाे छ । चेल्सीका लागि एडेन हजार्ड, रस बार्कले र अल्भाराे माेराटाले एकएक गाेल गरेका थिए ।

 

याे जितसँगै चेल्सी २० अंक सहित दाेस्राे स्थानमा उक्लिएकाे छ भने अार्सनल १८ अंकसहित चाैथाे स्थानमा पुगेकाे छ ।

अहिले म्यान्चेस्टर सिटी र लिभरपुलबीच खेल जारी छ ।

गएरातिकाे खेलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण खेलमा  न्यूक्यासललाइ पराजित गरेर साख जाेगाएकाे छ ।

न्यूक्यासलसँग खेल सुरू भएकाे १० मिनेटभित्रै दुइ गाेल खाएकाे म्यान्यूले अन्ततः ३-२ गाेल अन्तरले खेल जित्याे । म्यान्यूका लागि ९०अाैं मिनेटमा अलेक्सी सान्चेजले अास्ले याेङकाे क्रसमा नाटकीय ढंगबाट गाेल गरेका थिए ।

न्यूक्यासलका तर्फबाट केनेडी र याेसिनाेरी मुटाेले गाेल गरेका थिए । त्यसपछि पहिलाे हाफभित्र खासै प्रभावशाली खेल देखाउन नसकेकाे म्यान्यू अत्तालिएकाे र कमजाेर अवस्थामा देखिएकाे थियाे ।

तर स्थानापन्न खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका हुँवा माटाले ७०अाैं मिनेटमा फ्रिकिकबाट गाेल गरेका थिए भने त्यसकाे ६ मिनेटपछि एन्थाेनी मार्सियलले गाेल गरेका थिए ।

याे जितसँगै म्यान्चेस्टर युनाइटेड अाठ खेलमा १३ अंकका साथ अाठाैं स्थानमा उक्लिएकाे छ ।