२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्वले चालु खर्च धान्न कठिन : अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले राजस्वले चालु खर्च धान्न कठिन भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले बुधबार आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक कार्यक्रममा उहाँले यस्तो बेलामा निजी क्षेत्रले निस्वार्थभावसहित आफ्नो प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले अहिलेको बजेट सानो भएकाले हामीले बनाएका संरचनाको खर्च गर्ने प्रवृत्ति हेर्दा चालु खर्च धान्न पनि मुस्किल छ, नेपालको बजेट र बजेट प्रणाली नै समस्याग्रस्त अवस्थामा छ, राजस्वले चालु खर्च धान्न कठिन छ, त्यसैले निजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनुपर्छ ।” उहाँले कोभिडपछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रलाई आवश्यक सहुलियत पूरा गर्ने सरकारको प्रयास जारी रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएर बजारमा तरलता अभाव नभएको भन्दै सीसीडी रेसियो र तरलतालाई तुलना गर्न नहुनेमा जोड दिनुभयो । तरलता लामो समयदेखिको समस्या भएको उहाँको भनाइ थियो । 

गभर्नर अधिकारीले अहिले विश्व अर्थतन्त्र ५ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको उल्लेख गर्दै नेपालमा पनि कोभिड पछि अर्थतन्त्रमा राम्रो सुधार देखिएको बताउनुभयो । नेपालमा मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।