९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवितामा भोजपुर



अ+ अ-

काठमाडौँ:  साहित्य सिर्जनामा अब्बल मानिने भोजपुरका कविले आज एकै थलोबाट भोजपुरलाई कविताको भावमा सम्झिए ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने चर्चित साहित्यकार एवं कविले आआफ्नो कवितामार्फत जिल्लाका विकास निर्माण, सामाजिक भोगाइ तथा सांस्कृतिक रहनसहनलाई कविताको भावमा पोखे ।राष्ट्रपतिदेखि राज्यका उच्च ओहदा तथा प्रतिष्ठित व्यक्तिलाई जन्म दिएको भोजपुरले साहित्य, शिक्षा, सामाजिक क्षेत्र र राजनीतिक परिवर्तनमा उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।

दशैँतिहार, छठ आदि पर्वका सन्दर्भमा भोजपुरे सेवा समाजले आयोजना गरेको ‘भोजपुर कविता उत्सव’ मा मञ्जुल, श्याम तमोट, बुलु मुकारुङ, श्रवण मुकारुङ, कृष्ण जोशी, शङ्कर कोइराला, पवन आलोक, डा विप्लव ढकाल, देवी घिमिरे, गणेश राईलगायतले जिल्लाका आर्थिक, सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित कविता प्रस्तुत गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली, कला, संस्कृतिका साथै राजनीतिक तथा सामाजिक परिवर्तनमा भोजपुरले राष्ट्रलाई ठूलो गुन लगाएको उल्लेख गर्दै वाचित कविताले भोजपुरको गरिमा र गौरवको गाथालाई उजागर गर्नाका साथै सबै पुस्ताका व्यक्तिलाई सिर्जना र समृद्धिको दिशामा अभिप्रेरित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“सिर्जनालाई विकास र समृद्धिको यात्रामा जोडेर बहुलताभित्रको एकतालाई मजबुत बनाएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्व सांसदद्वय जयन्ती राई र घनेन्द्र बस्नेतले कविताको भावलाई नेतृत्वकर्ताले मनन गरेर समृद्धिको अभियानमा एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।