![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
२७ असोज, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको सूचना आयो । त्यसआधारमा उनलाई पक्राउ गरियो ।उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् ।दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।