२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि स्वीकृत गर्दै काठमाडौँ महानगरको ७१ औँ कार्यपालिका बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । 

आर्थिक वर्ष ०७५/०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो वर्ष कोभिडका कारण होटल व्यवसायमा समस्या थियो । त्यसैले महानगरले आर्थिक ऐनमार्फत उनीहरुलाई ६५ प्रतिशत कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । 

कोष सञ्चालनका लागि काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरका तर्फबाट ५ र होटल संघ, नेपालका ४ गरी ९ जनाको निर्देशक समिति हुनेछ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ । 
कोषबाट पर्यटन क्षेत्रको प्रवद्र्धन हुने र व्यवसायीको सामूहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछन् । 

बैठकमा अध्यक्ष शाक्यले भन्नुभयो, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएका हौँ । यसबाट करको दायरामा आउन बाँकी करदाताहरु पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औँ महानगर दिवस मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु हुनुहुन्छ । त्यस्तै पुरस्कार छनोट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरु समेत गठन गरिएका छन् ।

बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नेपाल र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी ४ वटा संस्थालाई आर्थिक अनुदान दिने निर्णय स्वीकृत गरेको छ ।