• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री ★   प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा ★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार



काठमाडौँ, १५ कात्तिक (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइनेछ ।